मैले बाईक किन्दिनु भनेको वर्षदिन हुन लागिसकेको थियो; बुवा जहिल्यै पख पख भनेर टारीराख्नुहुन्छ।
आज त धेरै रिसाएर म घरबाट निस्किए......
यति धेरै रिस थियो कि रिसाउदा रिसाउदै झुक्किएर म बुवा को नै जुत्ता लगाएर निस्किएछु।
`म आज घर छोडीदिनेछु , तब मात्र फर्किन्छु जब म धेरै ठूलो मान्छे बन्छु; टन्न कमाउँछु´
जब मोटर साइकल दिलाउन सक्नुहुन्न भने किन ठूलो मान्छे बनाउने सपना देखाउनुहुन्छ मेरो बुवा मैले रिस संगै सोचीरहे ....। आज म बुवा को पर्स पनि उठाएर लिएर आएको थिए, पर्स कसैलाई हात सम्म लगाउन नदिने मेरो बुवा। र मलाई थाहा छ यो पर्समा पक्कै पनि हिसाब को डायरी हुनुपर्छ, थाहा त पाउँ यसमा कति माल लुकाउनुभएको छ ...?
आमाले पनि कहिल्यै अधिकार पाउनुभएन मेरो बुवाको पर्सलाई हात लगाउने।
जब घर अगाडीको कच्ची सडक बाट पार गरेर पारी आए, मलाई लाग्यो जुत्तामा केही घोचिरहेको छ।
मैले जुत्ता निकालेर हेरे, मेरो पैतालाबाट हल्का रगत निस्किरहेको थियो।
जुत्ताको कुनै किल निस्किएको थियो, दुखाई त भयो नै साथ मा रिस पनि उठ्यो मलाई मेरो बुबासंग `एक जोर जुत्ता पनि किन्न नसक्ने।´
तर मलाई जानू नै थियो घर छोडेर, जब थोरै टाढा पुगे, मलाई खुट्टामा चिसो चिसो महसुस भयो, सडकमा पानी फैलिएको थियो।
खुट्टा उठाएर हेरे जुत्ताको तलको भाग च्यातिएको रहेछ, मलाई मेरो बुवासंग अझ धेरै रिस उठ्यो।
जसोतसो लगंडीदै बस स्टप सम्म पुगे, थाहा पाए कि एक घण्टासम्म कुनै बस छैन।
मैले सोचे पर्स को खानतलासी गर्छु अब,
मैले पर्स खोले एउटा पेपर देखे, लेखिएको थियो `आईफोनको लागि १ लाख रिन लिए´
तर आइफोन त म सित छ?.
दोस्रो एउटा मोडिएको पन्ना थियो, त्यसमा उहाँको कुनै हबी डे को बारे लेखिएको थियो, त्यसमा हवि लेखिएको थियो,
`राम्रो जुत्ता लगाउने´
सोँचे `ओह! मेरो बुवाको शोख केवल राम्रो जुत्ता लगाउने ...."
तर उहाँको जुत्ता त ..........
आमाले बितेको चार महिना देखि प्रत्येक बिहान उज्यालो नहुदै भन्ने गर्नुहुन्थ्यो `अब त एक जोर नयाँ जुत्ता किन्नु कतै निस्किदा ईष्टमित्र भेटिन्छ; लाज हुन्छ।´
र उहाँले हरेक पटक भन्नुहुन्थ्यो `अहिले त यो अझै छ महिना सम्म चल्छ; पख्न अलिकती पैसा जम्मा गरौं।´
मैले अब थाहा पाए मेरो बुवाको यो जुत्ता कति महिना चल्छ भनेर
र तेस्रो पेपर .....
`पुरानो स्कुटर दिनुहोस एक्सेन्जमा नयाँ मोटर साइकल लिएर जानुहोस ´
मेरो त दिमाग नै घुम्यो; सक्ड भए .....
मेरो बुवाको त्यो स्कुटर; कसरी जानुहुन्छ बिहान दूध बेच्न
ओह्ह!
म घरतर्फ कुदे ....अब खुट्टामा त्यो किल ले घोचिरहेको थिएन, चिसो पनि भएन।
म घर पुगे ...न बुवा हुनुहुन्थ्यो न स्कुटर ..
ओह्ह सेट! ...यो मैले के गरे ..??
मैले बुझे उहाँ कहाँ जानुभएको थियो। म फेरि दौडेर एजेन्सी अफिस पुगे बुवा त्यही हुनुहुन्थ्यो
मैले उहाँसित गला लगाए, आँसु रोक्न सकिन पुरै अनुहार आँसु ले भिज्यो,
होइन बुवा होइन ... मलाई चाहिदैन मोटरसाइकल,
तपाईं नयाँ जुत्ता लिनुस, मलाई ठूलो मान्छे बन्नुछ त्यो पनि तपाइको तरीकाले,
`आमा´ एउटा यस्तो बैंक हो जहाँ तपाईं हरेक भावना, दुख जम्मा गर्न सक्नुहुन्छ।
र
`बुवा´ यस्तो एउटा क्रेडिट कार्ड हो जोसित ब्यालेन्स नभएर पनि हाम्रो सपना पूरा गर्ने कोसिस गर्दछ।
#copied

No comments:
Post a Comment