तनहुँ मिर्लुङ्ग-८ निबासी बल बहादुर भुजेलका छोरा बर्ष २७ का बिष्णु बहादुर भुजेल बिगत दुई महिनादेखि दुबै मृगौला ले काम नगर्दा काठमाडौंस्थित नेशनल किड्नी सेन्टर मा उपचाररत हुनुहुन्छ।घर परिवारको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी तथा कृषि पेशा बाट जीविकोपार्जन गर्दै आएको हुँदा बैदेशीक रोजगारीका लागि साउदी अरब पुग्नु भएका बिष्णु दुबै मृगौला ले काम नगरेपछि पुन स्वदेश फर्कनु भएको छ।
केही गरौँ लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा दुबै मृगौला निष्कृय भईडायलोसिस गर्दै आउनु भएका बिष्णुले मृगौला प्रत्यारोपण का लागि आर्थिक अभाव भएको हुँदा सक्दो आर्थिक सहयोग गरी पुनः जिबन दान दिनु हुन सम्पूर्ण सहयोगी हात र सुन्दर मनहरु सँग हार्दिक अनुरोध गर्नुभएको छ।उहाँको उपचारलाई सक्दो सहयोग गर्न चाहनुहुने माहानुभावले पीडित बिष्णु बहादुर भुजेल को बैंक खाता Nepal Investment bank Limited (02105020048532)मा तथा उहाँलाई ९८४९४३९०७१ मा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ।
सम्पर्क ब्यक्ति
९८२५१७५५८४ श्रीमती तारा देबी घर्ती (काठमाडौं )
९८४६२७४४७४ रामकृष्ण कुँवर (दमौली तनहुँ )
०१६-७८७३६१७ राजेन्द्र भुजेल (जोहोर मलेसिया )
०११-११७१३२ रबिन थापा (जोहोर मलेसिया )

No comments:
Post a Comment